मलाई कांग्रेस पार्टीले निष्कासन गरेकोमा कुनै  फरक पर्दैन: बिनय तामाङ

Binay-Tamang

दार्जीलिङ: पश्चिम बंगाल प्रदेश कांग्रेस कमिटीका महासचिव बिनय तामाङलाई निष्काशित गरेको छl यसलाई लिएर बिनय तामाङ कडा प्रतिक्रिया दिएका छन्l कांग्रेस निष्काशित गर्दा आफूलाई कुनै फरक नपर्ने बिनय तामाङले एक प्रेस विज्ञप्ति जारी गरेर बताएका छन्l विज्ञप्तिमा उनले यसो भनेका छन्, ‘मलाई मेरा गोर्खा जातिले, दार्जीलिङ पहाड, सिलगढी तराई र डुवर्सका जनताले निष्कासन गरेको भए चिन्ताको विषय हुन्थ्यो। मलाई कांग्रेस पार्टीले निष्कासन गरेकोमा कुनै  फरक पर्दैन। मेरो कांग्रेसबाट निष्कासन गोर्खा, दार्जीलिङ पहाड, सिलगढी तराई र डुवर्सको जनताको जीत हो अनि कांग्रेसको हार हो।‘

About Author

Advertisement