नरेन्द्र मोदी सरकारको क्याबिनेट मन्त्री भएको नाताले गोर्खाहरूको समस्या समाधान गर्ने ग्यारेन्टी दिएर जान चाहान्छु: केन्द्रीय मन्त्री किरण रिजिजु

IMG-20240423-WA0197.jpg

खरसाङ: देशको सिनियर मन्त्री साथै नरेन्द्र मोदी सरकारको क्याबिनेट मन्त्री भएको नाताले गोर्खाहरूको समस्या समाधान गर्ने ग्यारेन्टी दिएर जान चाहान्छु भनी केन्द्रीय मन्त्री किरण रिजिजुले बताएका छन्। उनले आज खरसाङको मन्टिभियट खेल मैदानमा भाजपा प्रार्थी राजु विष्टको समर्थनमा आयोजित जनसभालाई सम्बोधन गर्दै उक्त कुरा बताएका छन्। केन्द्रीय मन्त्री किरण रिजिजुले आफ्नो सम्बोधनमा गोर्खा समाजलाई भन्नु धेरै छ, गोर्खा समाजसित आफ्नो सम्बन्ध धेरै राम्रो रहेको पनि बताएका छन्। उनले विगतको समयमा तपाईहरूले राजु विष्ट जस्तो योग्य सांसद पठाउनु भएर राम्रो भएको थियो भन्दै राजु विष्टले गोर्खाहरूका समस्या समाधानको लागि २४ घण्टा नै काम गरेको बताए। केन्द्रीय मन्त्री किरण रिजिजुले गोर्खाहरूको मांग धेरै छ तर आफ्नो पहिचानको लागि सम्झौता गर्न चाहान्दैन बताउँदै गोर्खाहरूको समस्या समाधानको लागि धेरै अघि बढिसकेको छ तर पश्चिम बंगाल सरकार र ममता ब्यानर्जी यसमा बाधा बनिरहेको बताए। उनले क्याबिनेटमा कुनै कुरा आएको खण्डमा म सदैव गोर्खाहरूको लागि आवाज बनेर खड़ा रहनेछु भनी बताएका छन्। उनले आफु कानुन मन्त्री हुँदा ११ जातिहरूको जानजातिको मामला हेरेको अनि अब ११ जात गोष्ठीहरूलाई अनुसूचित जनजातिको मर्यादा दिन सरकार तयार रहेको बताएका छन्।

उनले भने, राई, गुरूङ, खस, नेवार, याखा, मंगर, जोगी, सुनार, भुजेल, धिमाल, थामी आदिलाई अनुसूचित जनजातिको मान्यता दिन सरकार कटिबध्द रहेको र मोदी सरकारले यो कार्य चुनावपछि अवश्य गर्ने पनि बताएका छन्। उनले भने, ‘दार्जीलिङको चुनाव भाजपालाई जिताउने मात्र होइन, राजु विष्टलाई मात्र जिताउनु होइन तर दार्जिलिङको भविष्य निर्माण गर्नु पनि हो र प्रत्येक भोट बहुमूल्य छ।’

About Author

Advertisement