अवैध वेश्यावृत्तिको आरोपमा दुईजना पक्राउ

IMG-20240423-WA0206.jpg

जलपाईगुडी: जलपाईगुडी जिल्लाको हल्दिबारीमा आज दिउँसो अवैध वेश्यावृत्तिलाई लिएर निकै सनसनी मच्चिएको छ। मंगलबार दिउँसो हल्दिबारी नगरपालिकाको वार्ड नं ६, सुभाषपल्ली क्षेत्रको एक घरबाट स्थानीयवासीले एक युवक र एक युवतीलाई रंगेहात पक्राउ गरि पुलिसलाई खबर गरेका छन्। पुलिसले आएर उनलाई हल्दिबारी थाना लगेको छ।

स्थानीय स्रोतका अनुसार सो क्षेत्रकी रानु रोयले लामो समयदेखि यस्तो काम गर्दै आएकी छन्। उनीहरुले युवती र युवतीहरुबाट पैसा लिएर अवैध काममा घर भाडामा दिने गरेका छन्। यस घटनालाई लिएर स्थानीयवासीमा पुलिसप्रति आक्रोश छ। बारम्बार पुलिसमा उजुरी गरे पनि आरोपित महिलामाथि कुनै कारबाही नभएको उनीहरुको भनाइ छ। आज यस्तै एक जोडी रंगेहात पक्राउ परेको स्थानीयले बताएका छन्। मौका पाएर युवकले भाग्न खोजे पनि स्थानीयले समातेका थिए। पुलिस स्रोतका अनुसार पक्राउ परेका युवकको नाम दीपक राय रहेको छ। उमेर २८ वर्ष हो। उनको घर हेमकुमारी ग्राम पञ्चायत क्षेत्रमा छ। जबकि बालिकाको घर उत्तर बारा हल्दिबारी ग्राम पञ्चायत क्षेत्रमा रहेको छ।

About Author

Advertisement