रातभरि पार्टी गर्ने २-३ वटा टीमले नै ट्रफी नजितेको रैनाको दावी

IMG-20240422-WA0209.jpg

नयाँ दिल्ली: पूर्व भारतीय क्रिकेटर सुरेश रैना आईपीएलमा निरन्तर असल प्रदर्शन गर्ने अनि चेन्नई सुपर किंग्सको सफलतामा योगदान दिने प्रमुख खेलाड़ी रहेका छन्। रैनाले आईपीएलमा अहिलेसम्म ट्रफी जित्न नसक्ने रोयल च्यालेञ्जर्स बेंगलुरु, पञ्जाब किंग्स र दिल्ली क्यापिटल्स जस्ता टीमहरूलाई कटाक्ष गरेका छन्। रैनाले एउटा कार्यक्रममा भने, चेन्नईको टीमले कहिले पार्टी गरेन। यसैकारण यो फ्रेञ्चाइजी सबैभन्दा सफल रहेको छ। पार्टी गर्ने २-३ वटा टीमले चाहिँ अहिलेसम्म आईपीएल जितेको छैन। यो केवल एउटा टीमको कुरा होइन। अन्य केही टीमले ट्रफी जित्न सकेको छैन। हामीले (सीएसके) यस्तो गरेनौ। यसैकारण हामीसँग ५ वटा आईपीएल ट्रफी र दुईवटा च्याम्पियन्स लीग ट्रफी रहेको छ। मुम्बई इण्डियन्सले पनि पाँचपल्ट ट्रफी जितेको छ। उनले भने, अबेर रातसम्म पार्टी गरे बिहान उठेर म्याचमा असल प्रदर्शन गर्न सकिँदैन। अबेर रातसम्म पार्टी नगरोस् भनेर पूरा हाम्रो टीममाथि विशेष नजर रहन्थ्यो। यसबाहेक हामी भारतको निम्ति पनि खेलिरहेका छौं अनि यो कुरा भुल्नु हुँदैन। अहिले म स्वतन्त्र छु अनि खेलबाट सन्यास लिइसकेको छु। यसैकारण हामी पार्टी गर्न सक्छौं । खेलमा अनुशासन महत्त्वपूर्ण कुरा हो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *