राजभवनमा पालन गरियो विश्व पृथ्वी दिवस

IMG-20240422-WA0213.jpg

गान्तोक: राजभवनमा आज पालन गरियो विश्व पृथ्वी दिवस। यस अवसरमा राज्यपाल लक्ष्मण प्रसाद आचार्यले राजभवन परिवारका मेडिकल, किचन र गार्डन टीमलाई दैनिक प्रयोगका लुगा अनि अन्य सामाग्री प्रदान गरे। उल्लेखनीय छ, २२ अप्रेलको दिनलाई विश्व पृथ्वी दिवसको रुपमा पालन गरिन्छ।

यस वर्ष विश्व पृथ्वी दिवसको नारा रहेको छ “ग्रह बनाम प्लास्टिक” रहेको छ। जसको उद्देश्य हो एकल प्रयोगका प्लास्टिकको प्रयोग बन्द गर्नु अनि त्यसको विकल्प खोज्नु रहेको छ। यसै नारालाई ध्यानमा राखेर राजभवनमा पालन गरियो विश्व पृथ्वी दिवस। विश्व पृथ्वी दिवस पालन गर्नु भनेको पृथ्वी आमालाई सम्मान गर्नु हो भन्दै राज्यपाल लक्ष्मण प्रसाज आचार्यले राज्यवासीलाई पर्यावरण संरक्षण प्रति संवेदनशिल बन्ने आह्वान गरे। यसको साथै एकल प्रयोगका प्लास्टिकको प्रयोग नगरेर पर्यावरणलाई सम्वर्धन गर्ने पनि सबैलाई अनुरोध गरे।

About Author

Advertisement