ब्राउन सुगरसहित नक्सलबारीमा २ जना व्यक्तिलाई पक्राउ

IMG_20220806_162453.jpg

नक्सलबारी: ब्राउन सुगरसहित नक्सलबारीमा २ जना व्यक्तिलाई पक्राउ गरेको छ। आज तिनीहरूलाई सिलगढी अदालतमा पेश गऱ्यो। पक्रा पर्नेहरूमा खोरीबारी र नक्सलबारी निवासी धनसिंह (२६) र मोहम्मद सुलतान (३६) सामेल छन्। नक्सलबारी थाना पुलिसले हिजो नक्सलबारीको टुकरियाझाड इलाकामा मादक पदार्थ बिक्री गरिरहेको खबर पाएपछि उक्त इलाकामा अभियान चलाएर १२० ग्राम ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार उद्धार गरेको ब्राउन सुगरको अनुमानित बजार मूल्य डेढ लाख रुपियाँ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement