सत्यजीत नगर इलाकामा जल निकासी व्यवस्था

IMG_20220806_145120.jpg

सिलगढी: वार्ड नम्बर ४६ का पार्षद दिलीप बर्मनको पहलमा सत्यजीत नगर इलाकामा जल निकासी व्यवस्थाको कार्य शुरू भएको छ। जसले गर्दा स्थानीय मानिसहरू निक्कै खुसी छन्। वार्डवासीहरूले बताएअनुसार उक्त इलाकामा लामो समयदेखि जल निकासी व्यवस्था नभएकोले निक्कै समस्या भइरहेको थियो। पूर्व पार्षदलाई बारम्बार अपील गरे तापनि इलाकामा जल निकासी व्यवस्था गरिएको थिएन।
हाल, वर्तमान पार्षद दिलीप बर्मनले यसतर्फ ध्यान दिँदै जल निकासी व्यवस्था राम्रो बनाउने कार्य शुरू गरेको छ। उक्त कार्यमा स्थानीय मानिसहरूले पनि काममा सहयोग गरिरहेका छन्। अर्कोतिर, वार्ड पार्षद दिलीप बर्मनले भने, सत्यजीत नगर इलाकाका मानिसहरूको सहयोगमा आज जल निकासी व्यवस्थाको काम शुरू गरिएको छ। केही दिनको अवधिमा इलाकामा सड़क निर्माणको कार्य पनि शुरू गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *