गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीका अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङले चुनाउमा हार होस या जीत सिक्किम र सिक्किमेको हित सर्वोपरी हुनपर्ने कुरामा जोर दिएका छन्। आज नाम्चीको घुर्पिसेस्थित आफ्नो आवसरमा बसेको पार्टीको केन्द्रीय कार्यकारी समिति (सीएलसी) को बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो कार्यकर्ताहरूलाई यस्तो संदेश दिएका हुन्। भर्खरै सम्पन्न १८औं लोकसभा र ११औं राज्य विधानसभा चुनाउमा एसडीएफ पार्टी हारे पनि जिते पनि सदैव आफ्नो नीति र सिद्धान्तामा अडिग रहनेछ भन्दै चामलिङले कार्यकर्ताहरूलाई पनि पार्टीको नीति र सिद्धान्तलाई पालन गर्ने अपील गरेका छन्।
गत १९ अप्रेलको दिन सम्पन्न चुनाउमा सिक्किम डेमोक्रेटिक फ्रण्टले आफ्नो पूर्ण क्षमतामा सहभागिता जनाएको थियो। पार्टीले सबै ३२ वटा विधानसभा आसन अनि एकमात्र लोकसभा आसनमा उम्मेद्वारित दिएको छ। स्वंय पार्टी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङ दुईवटा समष्टि पोकलक कामराङ र नाम्चेबुङबाट चुनाउ लड़ेका छन्।

चुनाउ पछिको पार्टीको पहिलो केन्द्रीय कार्यकारी समितिको बैठकमा पार्टीका शिर्ष नेता अनि उम्मेद्वारहरूको पनि उपस्थिति रहेको थियो। आफ्नो सम्बोधनको क्रममा चामलिङले चुनाउ अवधि पार्टीका कार्यकर्ताहरूले देखाएको पार्टी र सिक्किम प्रतिको प्रेम अनि कर्तव्यनिष्ठाको गरे प्रशंसा। यसको सातै सिक्किम र सिक्किमेको निम्ति सदैव कर्तव्यपरायण बर्ने सबै एसडीएफ कार्यकर्तालाई अपील पनि गरे।