सिन्कोना प्लान्टेसन मङ्पुको ग्रुप ‘डि’ विषय लिएर   मुख्यमन्त्रीलाई पत्र

6a80f427-b1e1-48f6-ab2f-331e6eee14de

खरसाङ   : सिन्कोना प्लान्टेसन मङ्पुको ग्रुप ‘डि’मा रहेको रिक्त पदहरू पूर्ण गर्ने मांगमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई  पत्र लेखेका छन्। उनले उक्त कुराको जानकारी प्रेस विज्ञप्ति जारी गरी बताएका छन्। विज्ञप्तिमा जनाएअनुसार सिन्कोना प्लान्टेसनसँग सम्बन्धित विभाग राज्य सरकारले जीटीएलाई हस्तान्तरण गरिसकेको सर्वविदितै छ र यस विभाग अन्तर्गत वर्तमान 5350 जना कर्मचारीहरू कार्यरत छन् भन्दै कर्मचारीको समस्या सम्पूर्ण कर्मचारीहरूलाई दुई श्रेणीमा विभाजन गरिएको छ- पहिलो प्लान्टेसन लेबर एक्ट 1951 द्वारा अनुमोदित दैनिक रेटेट श्रमिकहरू अनि वेष्ट बंगाल सर्विस रुलको आधारमा नियुक्त दोस्रो ग्रुप ए, बी, सी अनि डि ग्रुपको कर्मचारीहरु भनी बताएका छन् ।

नियमअनुसार यदि ग्रुप डी मा कुनै पद रिक्त भए डेली रेटेट श्रमिकहरू अन्तर्गत पर्ने कर्मचारीहरूलाई पदोन्नति गरेर रिक्त पदमा नियुक्ति दिनुपर्ने हो तर 2011 देखि रहेका ग्रुप सी अनि डि का रिक्त पदहरू पदोन्नति नभएको कारण आज पनि रिक्त नै छन् भनी जानकारी गराएका छन्। उनले पहाडको मामिला विभाग मुख्यमन्त्री अधीनस्थ नै भएको हुनाले यो विभागीय समस्याको समाधान उनकै हातबाट अनि पहलमा हुनेछ भनी विश्वास व्यक्त गरेका छन् ।  अनित थापाले यही जानकारी दिँदै राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई ग्रुप डि मा रहेको रिक्त पदहरू दैनिक रेटेट श्रमिकहरूमाझबाट नै उपयुक्त उम्मेद्वार चयन गरेर नियुक्ति गर्ने निवेदन गरेको छु भनी थापाले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement