अमीत शाहको हेलिकप्टर बाघडोगराबाट उडेन

WhatsApp-Image-2024-04-21-at-17.40.52.jpeg

फोनबाट सुनाए उनको सन्देश

दार्जीलिङ: खराब मौसमको कारण गृहमन्त्री अमित शाह दार्जीलिङको चुनावी सभामा सामेल हुन सकेनन्। उनको सन्देश दार्जीलिङ लोकसभा केन्द्रका उम्मेदवार राजु विष्टले मञ्चबाट आफ्नो फोन माइक सामु राखेर मानिसहरूसम्म पुऱ्याए। अमित शाह शनिवार राज्यको यात्रा गर्न पुगेका थिए। राति उनी सिलगढ़ीको एउटा होटलमा बसेका थिए। आइतवार बिहान बागडोगरादेखि हेलीकप्टरमा दार्जीलिङ पुग्ने कार्यक्रम थियो। उनलाई दार्जीलिङको लेबोङ खेल मैदानमा बिहान ११ बजी दार्जीलिङ लोकभा केन्द्रका उम्मेदवार राजु विष्टको समर्थनमा सभालाई सम्बोधन गर्नु थियो। यसैबीच मौसम खराब हुँदा अमित शाह बागडोगरामा फँसे। यसैले गर्दा उनको हेलीकप्टरले उड़ान भर्ने अनुमति पाएन। यसपछि उनले मोबाइलबाट दार्जीलिङका जनतासम्म आफ्नो सन्देश राखेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement