भीषण आगलागीमा एक परिवारको घर जलेर नष्ट

IMG-20240421-WA0262.jpg

मालदा: मालदाको मथुरापुर माणिकचकको शितलचण्डी पाडा क्षेत्रमा भीषण आगलागीमा एक परिवारको घर जलेर खरानी भएको छ। यो घटना नारायण मण्डल नामक व्यक्तिको घरमा भएको हो।खाना पकाउने क्रममा अचानक आगो लागेको हो। नारायण मण्डलकी श्रीमती खाना पकाइरहेको बेला आगलागी भएको बताइएको छ।

लाखौं रुपियाँ बराबरको फर्निचर, एक गाई, साइकल आदि जलेर खरानी भएको छ।जानकारी पाएपछि पुलिस दल घटनास्थलमा पुगेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement