मनीष सिसोदियाको न्यायिक हिरासतलाई आगामी २६ अप्रेलसम्म बढ़ायाे

2qbnjrf4_manish-sisodia_640x480_05_June_23.jpg

नयाँ दिल्ली: दिल्लीको राऊज एभेन्यू कोर्टले आबकारी घोटालासित सम्बन्धित मनी लण्ड्रिंग मामिलामा आरोपी दिल्लीका पूर्व उपमुख्यमन्त्री मनीष सिसोदियाको न्यायिक हिरासतलाई आगामी २६ अप्रेलसम्मको लागि बढ़ाइदिएको छ। स्पेशल जज कावेरी बावेजाले उक्त आदेश दिएकी हुन्।

मनीष सिसोदियाको न्यायिक हिरासत बिहीवार समाप्त भइरहेको थियो जसले गर्दा उनलाई बिहीवार कोर्टमा पेश गरियो। गत ६ अप्रेलमा सिसोदियालाई आजसम्मको लागि न्यायिक हिरासतमा पठाएको थियो। कोर्टले सिसोदियालाई गत १९ मार्चमा ६ अप्रेलसम्मको लागि न्यायिक हिरासतमा पठाएको थियो भने गत ७ मार्चमा १९ मार्चसम्मको लागि न्यायिक हिरासतमा पठाएको थियो।

यसरी नै गत २ मार्चमा ७ मार्चसम्मको लागि न्यायिक हिरासतमा पठाएको थियो। गत १७ फरवरीमा कोर्टले आरोपीका वकिलप्रति असन्तुष्ट व्यक्त गर्दै भनेको थियो, दस्तावेजहरू मिलाउनको लागि एक वर्ष दिइएको थियो, तर अहिलेसम्म गरिएको छैन।

उल्लेखनीय छ, ईडीले संजय सिंहलाई ४ अक्टोबर, २०२३-मा उनको सरकारी आवासमा जाँचबुझ गरेपछि पक्राउ गरेको थियो भने यस मामिलामा ईडीले सिसोदियालाई 9९ मार्च, २०२३-मा जाँचबुझ गरेपछि तिहाड़ जेलबाटै पक्राउ गरेको थियो। सिसोदियालाई पहिला सीबीआईले २६ फरवरी, २०२३-मा पक्राउ गरेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *