नेपालभर पुग्यो पाठ्यपुस्तकहरु

IMG-20240417-WA0002

झापा (नेपाल): जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको छ। २०८१ को शैक्षिक सत्रको शुरुवातमै देशभर पाठ्यपुस्तक पुर्‍याएको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए। २९ अप्रेल (चैत १६ गते)देखि केन्द्रले आफ्ना सात वटै प्रादेशिक कार्यालय, देशभरका वितरण केन्द्र एवं डिपो र एक हजार २६७ वटा स्थानीय बिक्रेतामार्फत पुस्तक पुर्‍याएको उनले बताए।केन्द्रले यस वर्षका  निम्ति एक करोड २० लाख थान पुस्तक बिक्री गरेको उनले जानकारी दिए। गत वर्ष एक करोड ३१ लाख थान पुस्तक बिक्री गरेको थियो।  यस वर्ष पुस्तकको माग कम भएकाले गत वर्षभन्दा ११ लाख थान पुस्तक कम बिक्री गरेको केन्द्रको रिकर्ड छ।  उनले गत वर्षको स्टक र यस वर्षको छपाइ गरेर कूल एक करोड ७५ लाख थान पुस्तक केन्द्रसँग रहेकोमा अहिले ३० प्रतिशत पुस्तक स्टक रहेको जानकारी दिए।

About Author

Advertisement