पुस्तक बेचेर नै नेपाली वैज्ञानिक महावीर पुनले कमाए ५ करोड

IMG-20240417-WA0000

झापा (नेपाल): राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले छ महिनामा ८० थान पुस्तक बेचेका छन्। गत  आश्विन २८ (अक्टुबर १५)मा सार्वजनिक भएको ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ पुस्तक ६ महिनाको अवधिमा यो संख्यामा बिक्री भएको हो। सामाजिक सञ्जालमा  पोस्ट राख्दै पुनले पुस्तक बिक्रीबाट पाँच करोड रुपैयाँ जति कमाइ भएको जानकारी दिएका छन्। पुस्तक बिक्री गरेर आएको आम्दानीले वीरगञ्जमा रहेको कृषि औजार कारखानाको मर्मत सम्भार गर्ने उनको योजना छ।कसैले विश्वास गर्दै नगर्दा पनि आफूले आफ्नो आत्मकथाको किताब बेचेर ३० वर्षसम्म बन्द भएको उक्त कवाडी कारखाना चलाउन सकिन्छ भनेर ढिपी गरिरहेको उनले उल्लेख गरेका छन्। पुनले १०० दिनसम्म विभिन्न २८ जिल्ला पुगेर पुस्तक बिक्री गरेका थिए। पुस्तकको मूल्य ७५० रुपियाँ तोकिएको छ।

About Author

Advertisement