एसडीएफका वरिष्ठ नेता केएन राईलाई मल्लीमा भव्य स्वागत

n6008098161713281253596405c5d446adbfcd3881a0aafdd1a88ecda495b26b2ee8e1f1170030085463a65.jpg

गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीका वरिष्ठ नेता एवम् पूर्व विधानसभा अध्यक्ष केएन राईलाई मल्ली द्वारमा पार्टीका नेता तथा सहयोद्धाहरूले मंगलवार भव्य स्वागत जनाए।

राईलाई कथित एसकेएम पार्टीका कार्यकर्ताहरूले गत मार्च महिनाको १ तारिक प्राणघातक आक्रमण गरी मरणासन्न तुल्याएका थिए।

उनलाई स्वास्थ्य उपाचारका निम्ति सिलगढीदेखि दिल्ली लगिएको थियो। प्राणघातक आक्रमण भएको एक महिना १६ दिनपछि उनी स्वास्थ्य उपचारपछि आफ्नो घर सिक्किम फर्किएको जानकारी एसडीएफ प्रवक्ता रमेश किरॉंतले प्रेस विज्ञप्तिमा जानकारी गराएका छन्।

एसडीएफ पार्टीका नेताहरू भाइचुङ भोटिया, निर्मल कुमार प्रधानलगायत एसडीएफ सहयोद्धाहरूले मल्ली द्वारमा राईलाई स्वागत जनाए। मल्ली द्वारमा स्वागत जनाएपछि कार र्यालीसहित नाम्ची जिल्लाअन्तर्गत बर्फुङ समष्टिको जारोङस्थित निवासस्थानमा राईलाई एसडीएफ सहयोद्धाहरूले पुर्याए। एसडीएफले केएन राईको स्वास्थ्य सुधारका निम्ति हर्ष प्रकट गर्दै उनका समस्त शुभचिन्तकप्रति आभार व्यक्त गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement