गान्तोक: सिक्किम बचाऔं अभियानलाई साथ र समर्थन दिँदै मंगलवार पाँच सयभन्दा धेरै परिवार सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीमा सामेल भएका छन्। यस्तो दाबी एसडीएफले आज जारी एक प्रेस विज्ञप्तिमा गरेको छ।
नाम्ची जिल्लाको आसाङथाङमा आयोजित एसडीएफ पार्टीको चुनावी जनसभामा सामेल हुनेहरूमा जिल्ला पञ्चायतका सदस्यहरू, ग्राम पञ्चायतका सदस्यहरू, पूर्व पञ्चायत, सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका पदाधिकारी एवम् सदस्यहरू, अवकाशप्राप्त कर्मचारीहरू, एसकेएम पार्टीका समर्थकहरू, युवा, चेली आदि रहेको बताइएको छ।
सत्तारूढ एसकेएम पार्टी त्यागेर एसडीएफमा सामेल हुनेहरूमा जिल्ला पञ्चायत सदस्य मेघराज शर्मा, पञ्चायत सदस्य भगवती शर्मा, हर्कमान राई, प्रीतम सुब्बा, एसकेएमका संस्थापक सदस्य दिपेन्द्र राई, एसकेएमका सक्रिय सदस्य मणिकुमार राई आदि रहेको विज्ञप्तिमा उल्लेख छ। पार्टी अध्यक्ष पवन चामलिङले सबैलाई न्यायो स्वागत गर्दै सिक्किम बचाउन अनि जनताको हित र जीतका लागि काम गर्न आग्रह गरे।










