फलामको सट्टामा सुनको बञ्चरो दिने मोरङको सुनबर्सी ताल

IMG-20240414-WA0006

झापा, (नेपाल): पूर्वी नेपालअन्तर्गत मोरङको रतुवामाई नगरपालिका स्थित सुनबर्सी पोखरीमा प्रत्येक नयाँ वर्षको पहिलो दिन वैशाख १ गते मेला लाग्ने गरेको छ। किम्बदन्तीका अनुसार एकजना गरीब बुढो दाउरे सुनबर्सी पोखरी छेउमा दाउरा चिर्ने क्रममा बञ्चरो पोखरीमा खस्न पुग्यो जीविकोपार्जनको एक मात्र सहारा बञ्चरो पानीमा खसेर हराएपछि दाउरे कराउन, रुन थाल्यो र पोखरी भित्रबाट जलदेवता प्रकट भै दाउरेलाई सुनको बञ्चरो दिन लाग्यो, तर गरीब र इमान्दार दाउरेले त्यो बञ्चरो आफ्नो नभएको बताएँ र जलदेवता प्रसन्न हुँदै फलामको बञ्चरोसहित सुन र अन्य बहुमूल्य धातुले बनेको बञ्चरो उपहार दिएर पठाए भन्ने जन विश्वासका साथ प्रत्येक वर्ष वैशाख १ गते मेला लाग्ने गरेको छ। मेलामा पूर्वी नेपालको मोरङ झापा, सुनसरी लगायत भारतबाट समेत भक्तजनहरु यहाँ आउने गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *