एसडीएफ पार्टीका उच्च पदस्थ पदाधिकारीहरू पार्टी परित्याग गरेर एसकेएम पाटीमा सामेल

n600011340171302772401071fe8a5f6781406a20c68a12c9e14737a58e3b50bfd1f29e60931f0db10ab44f.jpg

गान्तोक: एसडीएफ पार्टीका उच्च पदस्थ पदाधिकारीहरूले पार्टी परित्याग गरेर एसकेएम पाटीमा सामेल भएका छन्। उनीहरूले एसकेएम पार्टी अध्यक्ष प्रेमसिंह तामाङसॅंग भेट गरेर आधिकारिक रूपमा एसकेएममा सामेल भएका छन्।उक्त जानकारी एसकेएम अध्यक्ष तामाङले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत दिएका छन्।

जानकारी अनुसार, एसडीएफ पार्टीको नाथाङ माछोङ निर्वाचन क्षेत्र महासचिव (प्रशासन एवं सोशियल मिडिया) राजेश राई, पूर्व जिल्लाका महासचिव एवं सीईसी सदस्य बीबी सुब्बा, सीईसी सदस्य पीएस राई, विद्यार्थी मोर्चा, गान्तोकका संयोजक 2 रूपेन राई एसकेएममा सामेल भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement