सिक्किमका राज्यपालले दिए डा. बीआर अम्बेडकर जयंतीको शुभकामना

1000624794.jpg

गान्तोक: डा. बीआर अम्बेडकर जयंतीको अवसरमा सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले सिक्किमवासीहरूलाई हार्दिक शुभकामना दिएका छन्। राज्यपालले आज जारी आफ्नो सन्देशमा भनेका छन्, हाम्रो संविधानको प्रमुख शिल्पकार, अखण्ड भारतका प्रणेता, सामाजिक पुनर्जागरणका अग्रदूत बाबा साहेब अम्बेडकरले सदैव सामाजका वंचित वर्गहरूलाई मुख्यधारामा ल्याउन संघर्ष गरे।

बाबा साहेब एक महान व्यक्तित्वका साथै एक सोच एवं एक आदर्शका प्रतीक हुन्। उनको अकूल्य योगदानले भारतीय समाजमा समता, ममता र एकतालाई स्थापित गर्न महत्वपूर्ण भूमिका निभाएको छ।

उनले अझ भनेका छन्, हाम्रो राज्य सिक्किम विविध संस्कृतिहरूको घर हो, जहॉं हर समुदाय आफ्नो संस्कृति, भाषा र परम्पराहरूका साथ सद्भावपूर्ण तरिकाले बस्छन्। आउनु होस्, आफ्नो यस विशेष पहिचानलाई अझ बलियो बनाउॅंदै हामी सबै बाबा साहेबका आदर्शहरूलाई हाम्रो दैनिक जीवनमा समाहित गरौं। राज्यपालले एक समावेशी समाज निर्माणमा योगदान दिन आह्वान गर्दै यो नै बाबा साहेबप्रति सॉंचो श्रद्धाञ्जली हुने बताएका छन्।

About Author

Advertisement