वरिष्ठ नागरिकहरूले गरे घरबाट मतदान

IMG-20240413-WA0233.jpg

गान्तोक: गत केही दिनदेखि वरिष्ठ नागरिक र शारिरिकरूपमा असक्षम व्यक्तिहरूले घरबाट मतदान गर्दै आइरहेका छन्। विशेष गरेर शारिरिकरूपमा ४० प्रतिशत असक्षम बनेका र ८५ वर्ष भन्दा अधिक उमेरका वरिष्ठ नागरिकहरूले घरबाट नै मतदान गर्ने प्रावधान रहेको छ। यस वर्षदेखि भारतीय चुनाउ आयोगले उक्त नियम शुरू गरेको हो। यसर्थ चुनाउमा खटिएका अधिकारीहरू उनीहरूको घर घऱमा पुगेर मतदान गराउँदै आइरहेका छन्। चुनाउको समयमा सेक्टर अफिसर लगायत पुलिस वलका जवानहरूपनि उनीहरूको साथमा रहेका छन्। घरबाट गरिएको मतदान एकदमै गुप्तरूपमा राखिने गरिएको छ। चुनाउ प्रक्रियाको सम्पूर्ण गतिविधि भीडियोद्वारा रेकर्ड गरिन्दै आइरहेको छ। यो दोस्रो चरणको मतदान प्रक्रिया हो भने पहिलो चरणको मतदान गत ५ अप्रेलदेखि शुरू भएको थियो भने आजदेखि दोस्रो चरणको मतदान प्रक्रिया शुरू भएको छ। आजदेखि शुरू भएको दोस्रो चरणको मतदान प्रक्रिया आगामी १६ अप्रेलको दिन समापन हुने भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *