विभिन्न विभागका अधिकारीहरूलाई लिएर अबजर्भरहरूको सभा

IMG-20240413-WA0236.jpg

गान्तोक: जनरल अबजर्भर जितेन्द्र कुमार, व्यय पर्यवेक्षक एस. सुन्दरसेन, प्रेमानन्द र प्रसुन काब्राले आज सेक्टर मेजिस्ट्रेट, स्पेशल सर्विलेन्स टोली, फ्लाइङ स्कवायड, पुलिस अधिकारीहरूलाई लिएर बुर्तुकस्थित डायक कलेजको प्रेक्षागृहमा एक सभा आयोजना गरे। यस सभा आयोजना गरिनुको मुख्य उद्देश्य गान्तोक जिल्लामा नमुना आचार संहितालाई सही ढङ्गमा कार्यान्वयन गर्नु रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै जनरल अबरजर्भरले आफ्नो सम्बोधनका क्रममा जनरल पर्यवेक्षकले कुनै खास दललाई मतदान गर्न मतदातालाई जबरजस्ती गर्न खोज्ने राजनीतिक दलहरू विरुद्ध कारबाही गर्नुपर्नेमा जोड दिए।उनले एमसीसी उल्लङ्घन पहिचान गरी सम्बोधन गर्न निर्वाचनमा संलग्न पदाधिकारीलाई सक्रिय र सतर्क रहन निर्देशन दिए। उनले अधिकारीहरूलाई आफूहरूले सामना गरिरहेका चुनौतीहरूलाई सम्बोधन गर्न पर्यवेक्षकहरूले पूर्ण सहयोग गर्ने आश्वासन दिए। उनले सबै राजनीतिक दलप्रति निष्पक्ष भएर काम गर्नुपर्ने र निर्वाचन प्रक्रियाको निष्पक्षतालाई कायम राख्न आ–आफ्नो जिम्मेवारी पूरा गर्न पदाधिकारीहरूलाई सुझाव दिए।

About Author

Advertisement