४ अगस्त: बन्दाखेती स्पोर्टिंग क्लब (Bandakheti Sporting Club)-को तत्त्वावधानमा आयोजित देवकुमार खाती स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा बिहीवार एउटा म्याच खेलियो। लंगभ्यू बन्दाखेती खेल मैदानमा भएको म्याचमा मालीभित्ताले अदलपुर एफसी-लाई २-०-ले पराजित गऱ्यो। टुर्नामेण्टका दुईवटा सेमिफाइनल २७ र २८ अगस्तमा खेलिनेछ। फाइनल ४ सेप्टेम्बरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ भनी आयोजक समितिको पक्षमा दीपराज तामाङले बताएका छन्।
About Author
Post Views: 292