मुख्यमन्त्री तामाङले पैह्रोले पुऱ्याएको क्षेत्रको भ्रमण

IMG_20220804_231917.jpg

गान्तोक: आज मुख्यमन्त्री प्रेमसिंह तामाङले पैह्रोले पुऱ्याएको क्षतिको जानकारी लिँदै लुम्से गाउॅको निरीक्षण भ्रमण गरेर लिए। यसावधि तादोङ निर्वाचन क्षेत्रका विधायक जीटी ढुङ्गेल पनि उपस्थित थिए। मुख्यमन्त्रीले स्थानीय पीड़ित मानिसहरूसॅंग अन्तरक्रिया पनि गरे।

निरन्तर परिरहेको पानीले लुम्सेमा निकै क्षति पुऱ्याएको छ। पैह्रोले जमिन तान्न थालेपछि स्थानीय धेरै मानिसहरूको घर चर्किएका छन्। घरमा बस्न जोखिमपूर्ण स्थिति उत्पन्न भएको छ। धेरै परिवारलाई त्यहॉंबाट हटाइएको छ भने पीड़ित परिवारहरू किरायमा बस्न बाध्य बनेका छन्।

स्थानीय पीडित हर्कबहादुर छेत्रीले उनको घर पैह्रोले तानेर अहिले मान्छे बस्न नसक्ने स्थितिमा पुगेको बताए। जिल्लापालले घर खाली गर्नु भनेर नोटिस दिएपछि आहिले छ माइलमा किरायमा बसिरहेको उनले अवगत गराए। उनले जिल्ला प्रशासनद्वारा राहतको रूपमा १ लाख १९ सय रूपियॉं प्राप्त भएको जानकारी दिए। पेशाले चालक छेत्रीले ३३ वर्ष अगाडि बनाएको घर पैह्रोले बस्न नसक्ने बनाइदियो भन्दै दुःख व्यक्त गरे।

मुख्यमन्त्री तामाङले धेरै घर पूर्ण रूपमा क्षतिग्रस्त भएको र यस्ता परिवारहरूलाई प्रशासनले घर खाली गर्न अर्डर जारी गरिसकेको बताए। उनले लगभग ४० वटा घरलाई क्षति पुगेको छ भन्दै उनीहरूलाई घर छोड्नका लागि सरकारको तर्फबाट राहत पनि वितरण भइसकेको बताए।

पैह्रो जानुको कारणबारे प्रश्न राख्दा मुख्यमन्त्रीले खानी एवं भूविज्ञान विभागलाई कारण पत्तो लगाएर रिपोर्ट बुझाउन लगाएको बताए। उनले माटो कमजोर भएर, खोलाले अथवा नयॉं रोड बनिएकोले पनि यस्तो भएको हुन सक्छ भन्दै विभागलाई रिपोर्ट बुझाउन लगाइएको बताए। उनले घर निर्माण गर्नका लागि सम्बन्धित विभागले कतिपय नियमहरू तयार गरेका छन् र घर निर्माण गर्नअघि यी नियमहरू पालन गरिएको खण्डमा यस्ता क्षतिबाट बाच्न सकिने बताए। उनले नागरिकहरूलाई सरकारद्वारा निर्धारित नियमहरू पालन गरेर घर निर्माण गरिदिन आह्वान गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *