दार्जीलिङ: गोरामुमो अध्यक्ष मन घिसिङ चुनाव प्रचार प्रसारको क्रममा आज सुके मानेभञ्ज्याङ समष्टि पुगेका थिए। समष्टिद्वारा सुके बजारमा अध्यक्ष मन घिसिङलाई स्वागत जनाउँदै सुके बजार अनि मानेभञ्ज्याङ बजारमा र्यालीको साथमा राजु विष्टलाई जिताउन जनता समक्ष पुगेर अपिल गरेको जानकारी प्राप्त भएको छ। मझुवा पुगेर अध्यक्ष मन घिसिङले ४३ वटा बुथका प्रतिनिधिवर्ग अनि कार्यकर्ताहरुलाई चुनावी रणनीतिमाथि चर्चा परिचर्चा गर्दै सम्पूर्ण बुथ कमिटीलाई सम्बोधन गर्दै भने, हामीले जातिलाई डुबाउने कार्यहरुमा हात हाल्नु हुँदैन। गोरामुमोको निम्ति पार्टी भन्दा जाति र माटो सर्वोच्च हो गोर्खा जातिको मुद्दा पार लगाउनु छ। यसकारण राजुु विष्ट मुद्दा पार लगाउने एउटा माध्यम हो हामीले दह्रिलो खुट्टा टेक्नुपर्छ। अब भूल गर्नु हुँदैन। प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको वक्तब्यको ठूलो अर्थ छ। तर त्यसलाई गलत तरिकाले प्रचार गर्दैछ गलत प्रचारको पछाडी हामी लाग्नु हुँदैन। नानाथरी गरेर जनतालाई अफवाह फैलाउँदैछ। गोर्खा जातिको आफ्नो हक र अधिकारको निम्ति लडेको धेरै भयो अब त्यो संघर्षको अन्त्य चाडैं हुन्छ। गोर्खा जातिको न्यायको निम्ति म उँभिएको छु। अब घरि घरि गल्ती गर्नु दिनु हुँदैन। अब पनि गल्ती गर्यो भने अब गोर्खा जातिमाथि उठ्नु गाह्रो हुन्छ। त्यस बेला म जिम्मेवारी हुने छुईन मैले धेरै अघिदेखि सबैलाई जनाउँदै आएको हो। आफ्नो सम्बोधनको क्रममा बुथ कमिटीहरुलाई निर्देशन दिन्दै भने, राजु विष्टलाई भारी मतले जिताउनको निम्ति घर दैलो अभियान गर्नुपर्छ। जनतालाई सत्य कुरा राख्नुपर्छ। सबै पक्षलाई राखेर यथार्थ विषय बस्तु राखेर जातिको मुद्दा पार लगाउन सबै एकसुत्रमा बाधेर चुनाव प्रसार प्रचार गर्नु पर्छ भनी अध्यक्ष मन घिसिङले निर्देशन दिए। यसै क्रममा समष्टि उपाध्यक्ष हेमराज राईले पत्रकारहरुलाई सम्बोधन गर्दै भने, अध्यक्ष मन घिसिङको समष्टि भ्रमणले कार्यकर्ताहरुमा उर्जा आएको छ। राजु विष्टलाई जिताउनको निम्ति अब समष्टिले व्यापक रुपमा प्रचार प्रसार गर्नेछ। जनतालाई अपिल गर्दै हेमराज राईले भने, गोर्खा जातिको मुद्दालाई पार लगाउन सबैले राजु बिष्टलाई आफ्नो बहुमुल्य भोट दिएर बिजयी बनाउनु पर्छ भनी आफ्नो सम्बोधनको क्रममा हेमराज राईले भने। आजको समष्टि भ्रमणमा गोरामुमो केन्द्रीय समिति उपाध्यक्ष किशोर गुरुङ,दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष एमजी सुब्बा, केन्द्रीय समिति प्रवक्ता वाई लामा, गोरायुमो दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष सुरज कटुवल, केन्द्रीय समिति सदस्यगण, समष्टि अध्यक्ष अशोक बराईली, भ्रातृ संगठनका प्रतिनिधि बर्ग लगायत गोरामुमो कार्यकर्ताहरु उपस्थित रहेका थिए।










