प्रार्थी गोपाल लामाको खरसाङमा चुनाव प्रचारलाई लिएर भागोप्रमोको सभा सम्पन्न

IMG-20240412-WA0262.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटी अनि २८ र २९ नम्बर समष्टीलाई लिएर चुनावी सभा साथै भागोप्रमो समर्थित प्रार्थी गोपाल लामाको खरसाङ क्षेत्रमा आगमनलाई लिएर सभा सम्पन्न भएको छ। उक्त सभा भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त सभामा सभासदहरू श्याम शेर्पा, प्रणाम रसाइली, भागोप्रमो केन्द्रीय सदस्य समीरदीप ब्लोन, २९ नम्बर खरसाङ गिध्द पहाड़ समष्टिको सभापति पेमेन्द्र गुरुङ, भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधान आदिले वक्तव्य राखेका थिए। वक्ताहरूले भागोप्रमो समर्थित प्रार्थी गोपाल लामाको पक्षमा घर घर गएर चुनाव प्रचार गर्ने साथै आगामी १७ अप्रेलको दिन खरसाङ क्षेत्रमा प्रार्थी गोपाल लामाको चुनाव प्रचारलाई लिएर चर्चा परिचर्चा गरेको बताइएको छ। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो खरसाङ महकुमा समितिको सचिव एंव सभासद प्रणाम रसाईलीले आगामी १७ अप्रेलको दिन भागोप्रमो समर्थित लोकसभाको प्रार्थी गोपाल लामाको खरसाङ क्षेत्रमा चुनाव प्रचारको समय तालिका विषयमा विस्तृत रूपमा जानकारी गराएका छन्। उनले बताए अनुसार १७ अप्रेलको दिन भागोप्रमो समर्थित तृणमूल कंग्रेसको प्रार्थी गोपाल लामाले बिहान १० बजेदेखि सुकनाबाट चुनाव प्रचार शुरु गर्ने र ११:२० मा रंगटङ्ग, १२ बजे चुनभट्टी, १२:३० मा तीनधारे, १ बजे घैयाबारी, १:३० मा महानदी पुगेर चुनाव प्रचार गर्ने कार्यक्रम रहेको बताएका छन्। त्यसरी नै २:२० मा गिध्देमा आएर मन्दिरको परिदर्शन अनि ३ बजे खरसाङमा स्वागत जनाइने भएको साथै खरसाङमा गोपाल लामाको पक्षमा चुनावी पथ सभा पनि सम्पन्न हुने भएको जानकारी गराएका छन्। उनले उक्त दिन खरसाङका मानिसहरूलाई गाड़ी जामको समस्या भए पहिलेबाटै क्षमा चाहेको पनि बताएका छन्। उक्त दिन भागोप्रमोको सबैलाई उपस्थित भईदिने आह्वान् पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement