मुख्यमन्त्रीले भोलि डबग्राम–फुलबारीमा चुनावी सभालाई सम्बोधन गर्ने, तयारी तीव्र

Screenshot_20240412_161916_WhatsApp.jpg

फुलबारी: मुख्यमन्त्री ममता बनर्जीले भोलि अर्थात शनिबार डाबग्राम-फुलबारीमा चुनावी सभालाई सम्बोधन गर्ने भएकी छिन्। जसको तयारी तिब्र रुपमा भइरहेको छ। मुख्यमन्त्री ममताले जलपाईगुडी जिल्लाबाट तृणमूल कांग्रेसका उम्मेदवार निर्मल चन्द्र रायको समर्थनमा यो चुनावी सभालाई सम्बोधन गर्ने छन्। मुख्यमन्त्री ममता बनर्जीले अप्रिल ४ मा मालबाजार विधानसभा र ५ अप्रिलमा जलपाईगुडी विधानसभामा सभाहरूलाई सम्बोधन गरिन्। शनिबार, उनले जलपाईगुडी जिल्लाको डबग्राम फुलबारी विधानसभा क्षेत्रको जबरभिटा जुनियर हाई स्कूलमा चुनावी सभालाई सम्बोधन गर्नेछिन्।

उल्लेखनीय छ कि २०१४ मा तृणमूल कांग्रेसले पहिलो पटक जलपाईगुडी लोकसभा, कुचबिहार लोकसभा र अलिपुरद्वार सीट जितेको थियो, तर २०१९ लोकसभा चुनावमा तृणमूल कांग्रेसले बीजेपीसँग तीन सीट गुमाएको थियो र अब तृणमूल कांग्रेसले यी लोकसभा सीटहरू कब्जा गर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement