अलिपुरद्वार: मुख्यमन्त्री ममता बनर्जी सार्वजनिक सभालाई सम्बोधन गर्न अलीपुरद्वारको कालचिनी ब्लकको निमाती मैदान पुगेकी छन्। मुख्यमन्त्री ममता बनर्जीले अलिपुरद्वार लोकसभाका उम्मेदवार प्रकाश चिक बडाइकको समर्थनमा जनसभालाई सम्बोधन गर्नेछिन्। मुख्यमन्त्रीको कुरा सुन्न ठूलो संख्यामा मानिसहरु आएका छन्।