मुख्यमन्त्रीकाे विभिन्न भूतपूर्व सैनिक संघहरूका कार्यकारीहरूसँग भेट

n59958939417129177106091ae4d21b7f575851502e99f72ec4b8d3d5c1f6fc2f6881009fd0a1dd0dcc336d.jpg

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका अध्यक्ष तथा मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सिक्किमका भूतपूर्व सैनिक संगठनहरू, सिक्किम वीर गोर्खा पूर्व सैनिक कल्याण संघ, पूर्व सैनिक संघ सिक्किम (ईएसएएस) अर्धसैनिक र परिवार कल्याण संघ लगायत विभिन्न भूतपूर्व सैनिक संघहरूका जिल्ला स्तरका कार्यकारीहरूसँग भेट गरे। यस भेटको क्रममा यी संघ संस्थाका प्रतिनिधिहरूले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीलाई पूर्ण समर्थन जनाउने प्रतिबद्धता जाहेर गरेका छन्। एसकेएम पार्टीलाई स्वेच्छापूर्वक समर्थन गर्ने उनीहरूको चाहनाको प्रशंसा गर्दै पार्टी अध्यक्षले हाम्रो समाज र राष्ट्रको उन्नतिको लागि उनीहरूको यो समर्पण प्रमाणित रहने मन्त्व्य जाहेर गरे। उनले उपस्थिति र समर्थनको लागि हार्दिक धन्यवाद दिंदै निरन्तर सहयोगको अपेक्षा गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

About Author

Advertisement