सिलगढीमा हराए लाखौंको मोबाइल, पुलिसले एक घण्टामै गरे बरामद 

Screenshot_20240411_192623_Samsung-Internet.jpg

सिलगढी: प्रधाननगर थानाक पुलिसको पहलमा एक व्यापारी लाखौं घाटा हुनबाट जोगिए। एक घण्टाको कारबाहीमा पुलिसले लाखौं रुपियाँको हराएको मोबाइल व्यापारीलाई फिर्ता गरेको छ। पुलिस स्रोतका अनुसार चम्पासरीस्थित एक मोबाइल पसलबाट अर्डर गरी करिब १ लाख ३० हजार रुपियाँ मूल्यको प्रिमियम मोबाइल डेलिभरीका लागि गइरहेको थियो। यही क्रममा डिलिवरी ब्वाईको कारबाट मोबाइल फोन दुर्घटनावश सडकमा खसेको थियो। जुन एक युवकको हातमा परेको थियो। घटनापछि पसल मालिकले फोन खोज्न थाले पनि भेटिएन। त्यसपछि पसल मालिक प्रधाननगर थाना पुगे। त्यसपछि पुलिसले घटनाको अनुसन्धान गर्दा राति हराएको लाखौं मूल्यका मोवाइल बरामद गरी एक घण्टामा पसल मालिकलाई फिर्ता गरेको थियो। प्रिमियम फोन फिर्ता पाउँदा पसल मालिक धेरै खुसी भए। साथै उनले प्रधाननगर थानाका पुलिसलाई तुरुन्त काम गरेकोमा धन्यवाद दिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *