गान्तोक: गेजिङ बर्मेक निर्वाचन क्षेत्रका एसकेएम उम्मेदवार लोकनाथ शर्माले आफ्नो चुनावी अभियानलाई अघि बढाउँदै लगातार जनता समक्ष आफ्ना विचार र पार्टीका कार्य योजना अनि घोषणा लिएर पुगिरहेका छन्।
आज उनले समष्टिको ओम्चुङ जीपीयू अन्तर्गत माल्बाँसे वार्ड पुगेर जनतासँग भेट्घाट र अन्तरक्रिया गरे।
एसकेएम पार्टीले पाँच वर्षको सरकारकालमा गेजिङ बर्मेक समष्टिमा अत्याधिक काम गरेको र एसकेएम अध्यक्ष प्रेमसिंह तामाङले पनि यस निर्वाचन क्षेत्रलाई विकसित गर्न ठूलो मद्दत पुऱ्याएको शर्माले आफ्नो मन्तव्यका क्रममा बताए। गेजिङ बर्मेकलाई विकासको गतिमा तीव्रता दिन आउँदो चुनाउमा टेबल ल्याम्पको चिन्हमा भोट हालेर एसकेएम पार्टीलाई विजय गराउन उनले आह्वान गरे।