गान्तोक: पाकिम जिल्ला अन्तर्गत यसपालीको चुनाउमा उम्मेद्वारिता दिएका उम्मेदवारहरूलाई लिएर आज पाकिम जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा उम्मेद्वारहरूद्वारा गरिने खर्चमाथि एक सभा सम्पन्न भयो। यस अवसरमा व्यय पर्यवेक्षक आशिष कुमार पाण्डेले सबै राजनीतिक दलका उम्मेदवारहरूलाई आगामी १९ अप्रेलको दिन सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउको खर्चबारे व्यय निरीक्षण टोलीको उपस्थितिमा जानकारी गराए। उल्लेखनीय छ, उम्मेद्वारहरूद्वारा गरिएको सम्पूर्ण खर्चबारे तीनपल्टसम्म जानकारी गराइएको छ। पाकिम जिल्ला अन्तर्गत पश्चिम पाण्डाम, रिनाक, छुजाचेन, नाथाङ माछोङ र नाम्चेबुङ निर्वाचन क्षेत्र गरि कूल पाँचवटा रहेको छ।