भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा सिक्किममा

n5991857081712768486368f9de581d97855658ef4ee53b79d71a29bbda163afbc7618a5fb04762026efdec.jpg

गान्तोक: भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष जेपी नड्डा सिक्किम आइपुगेका छन्। उनी सिक्किमलाई देशसॅंग जोड्ने एक्लो राष्ट्रिय राजमार्ग १ भएर आज अबेर राति सिक्किम आइपुगे।

उनको आज दिउॅंसो हेलीकप्टरमा राजधानी छेउ बुर्तुक हेलीप्याडमा आइपुग्ने योजना थियो। तर, दिउॅंसो हावा-पानी शुरू भएपछि उनी राष्ट्रिय राजमार्ग भएर सिक्किम आएका छन्।

सिक्किममा आगामी १९ अप्रेलका दिन लोकसभा र विधानसभा चुनाउको निम्ति मतदान प्रस्तावित छ। राज्यमा अहिले विभिन्न राजनीतिक दलहरूले आफ्नो चुनावी गतिविधिहरूलाई तीव्रता प्रदान गरेका छन्। यसै क्रममा भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा आज सिक्किम भ्रमणमा आएका हुन्।

पश्चिम बंगाल-सिक्किमको सीमा क्षेत्र रम्फू बजारमा भाजपा राष्ट्रिय अध्यक्ष नड्डालाई भाजपा कार्यकर्ताहरूले भव्य स्वागत जनाए। भाजपा सिक्किमका वरिष्ठ नेता डा. राजु गिरीले भने, भोलि (बिहिवार) राजधानीको मनन केन्द्रमा आयोजना गरिने एक कार्यक्रमबिच भाजपा राष्ट्रिय अध्यक्ष जेपी नड्डाले पार्टीको संकल्प-पत्र सार्वजनिक गर्नेछन्। कार्यक्रमपछि उनी सिक्किमबाट फर्किने छन्।

About Author

Advertisement