एनआईए अधिकारीहरूमाथि हमलालाई लिएर राज्य पुलिसको रिपोर्टबाट ममताको गलत बयान उजागर

IMG-20240410-WA0192.jpg

कोलकाता: पश्चिम बंगालमा केन्द्रिय एजेन्सीहरूमाथि हमलालाई लिएर देशभरिमा राज्य प्रशासनको आलोचना भइरहेछ। पूर्व मेदिनीपुरको भूपतिनगरमा एनआईएको टीममाथि भएको हमलालाई लिएर मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा गरिएको झूठो दाबीको पोल राज्य पुलिसको रिपोर्टमा खोलिएको छ।गत शनिवार जब एनआईए अधिकारीहरूमाथि हमला भएको थियो तब उनले एक चुनावी जनसभाबाट एनआईए टीमले स्थानीय पुलिसलाई सूचना नदिई छापा मारेको दाबी गरेकी थिइन्। यसको विपरीत पुलिसले चुनाउ आयोगलाई आफ्नो जुन रिपोर्ट दिएको छ, त्यसमा स्पष्ट लेखिएको छ कि एनआईएले आफ्नो कारबाहीको पूरा जानकारी पुलिसलाई दिएको थियो।यस बाहेक ममता ब्यानर्जीले चुनावी जनसभाबाट यो पनि दाबी गरेकी थिइन् कि मध्य रातमा एनआईएले प्रशासनलाई नबताई कारबाही गर्यो र गाउँलेहरूमाथि हमला गर्यो तर पुलिसले आफ्नो रिपोर्टमा लेखेको छ, एनआईए अधिकारीहरूमाथि नै हमला भएको छ। यस्तो स्थितिमा मुख्यमन्त्रीको कार्यशैली र प्रशासनसित उनको तालमेललाई लिएर प्रश्न चिह्न खड़ा भइरहेछ। राज्य सरकारको मुखिया भएपनि राज्यमा केन्द्रिय एजेन्सीहरूका अधिकारीहरूमाथि हमलालाई लिएर उनको यस प्रकारको बयान आफै प्रश्नहरूमा घेरिएको छ। ममताले जब एनआईए अधिकारी पुलिसलाई सूचना नदिइ घटनास्थलमा गएको भनेकी थिइन्, तब उनले झूठो बोलिरहेको स्पष्ट थियो।भारतीय जनता पार्टी (भाजपा) का एक वरिष्ठ नेताले भने, पुलिसलाई नबताई उनले आक्रमणकारीहरूलाई बचाउन यस प्रकारको बयान दिएकी थिइन्। ममताको बयानको यो पनि उद्देश्य थियो कि पुलिसले दबाउमा आएर उनले जस्तै कुरा गरोस् तर चुनावी आदर्श आचार संहिता लागू छ र एनआईएले पुलिसलाई सूचना दिएको थियो, यसको पूरा रेकर्ड केन्द्रिय एजेन्सीसित थियो, जसले गर्दा पुलिसलाई बाध्य भएर सत्य सबैको सामू राख्नुपर्यो। अब यस सम्बन्धमा ममता ब्यानर्जी समेत तृणमूल कांग्रेसका नेताहरू मौन छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement