सोरेङ सरकारी बी. एड कलेजमा बिहानदेखि पोस्टल ब्यालेटद्वारा मतदान जारी

n5990792481712756260565242c07601d32d67662a300e82c6c0c905bfb1c32930b9286ce1dd843e3748c9f.jpg

साेरेङ: पश्चिम सिक्किमको सोरेङ जिल्ला अन्तर्गत सरकारी बी. एड कलेजमा आज बिहानदेखि दोस्रो दिनको पोस्टल ब्यालेटद्वारा मतदान शुरू भएको छ। यहॉं चुनाउमा खटाइएका सरकारी कर्मचारीहरूको निम्ति पोस्टल ब्यालेटद्वारा मतदानको निम्ति सुविधा केन्द्र स्थापित गरिएको छ। आज दोस्रो दिन जिल्ला पुलिस कर्मी, मतदान कर्मी र सिक्किम सशस्त्र बल (पिपले) का कर्मीहरूको निम्ति निर्धारित रहेको छ। मतदान सॉंझ पॉंच बजीसम्म चल्नेछ।

About Author

Advertisement