बेइजिङ: दक्षिण चीनको हेनान प्रान्तको दक्षिणपश्चिम तटमा माछा मार्ने डुङ्गा र व्यावसायिक जहाज ठोक्किएर बेपत्ता भएका सबै आठ जनाको मृत्यु भएको पुष्टि भएको छ।
सिन्ह्वा समाचार एजेन्सीका अनुसार माछा मार्ने डुङ्गा “युआनान अओयु ३६०६२” अप्रिल ३ तारिख बिहान करिब ०:१५ बजे सान्या बन्दरगाहबाट ६० समुद्री माइल पश्चिममा रहेको पानामेनियन कन्टेनर जहाजसँग ठोक्किएको थियो। त्यसपछि माछा मार्ने डुङ्गा डुबेर त्यसमा सवार आठ जना बेपत्ता भएका थिए।
बुधबार दिउँसोसम्म आठै जनाको लाश पानीबाट निकालेर उद्धार कार्य सकिएको थियो। पनामानियन कन्टेनर जहाज सान्या बन्दरगाहमा डक गरिएको छ र दुर्घटनाको अनुसन्धान भइरहेको छ।










