चुनावी प्रचारका क्रममा भाजपा सांसद तथा उम्मेदवारको फोटो भाइरल भएपछि हंगामा

img-01

कोलकाता: भारतीय जनता पार्टी (भाजपा)का सांसद तथा उत्तरी मालदा निर्वाचन क्षेत्रबाट पार्टीका लोकसभा उम्मेदवार खगेन मुर्मुले बुधबार चुनावी प्रचारका क्रममा एक महिलालाई गालामा चुम्बन गरेको तस्वीर सामाजिक संजालमा भाइरल भएको छ। समाचारअनुसार, घटना सोमबार भएको होl भाजपा उम्मेदवार प्रचार भ्रमणको क्रममा चञ्चल संसदीय क्षेत्रको श्रीहिपुर गाउँमा पुगेका थिए। घटनाको प्रतिक्रिया दिँदै, तृणमूल कांग्रेसले भाजपाको निन्दा गरेको छ अनि यस कार्यलाई पार्टीको महिला विरोधी मनोवृत्तिको संकेत दिएको छ।

तृणमूल कांग्रेसको मालदा जिल्लाका उपाध्यक्ष दुलाल सरकारले  भाजपामाथि प्रश्न उठाउँदै आलोचना गरे। एक्समा तृणमूल कांग्रेसले भन्यो, ‘यदि तपाईले अहिले जे पनि देख्नु हुँदैछ, त्यस माथि विश्वास गर्नसक्नु हुन्न, आउनुहोस्  हामी स्पष्ट पर्नेछौं। हो, यी  भाजपा सांसद तथा मालदा उत्तरका  उम्मेदवार@ खगेन_मुर्मू हुन्, जसले आफ्नो खुशीले एक महिलालाई चुमिरहेका छन्।‘ आफ्नो बचावमा मुर्मूले आफ्नो कार्यलाई उचित ठहराए अनि टी महिलालाई आफ्नो सन्तान बताए। उनले आलोचनालाई राजनीतिक विपक्षीहरूले आफ्नो विरुद्ध रचेको षड्यन्त्रको रूपमा खारेज गरे। ती महिला पनि मुर्मुको समर्थनमा अगाडि आइन् र उनको स्नेहपूर्ण इशारालाई बाबु-छोरीको सम्बन्धसँग तुलना गरिन्।

About Author

Advertisement