नयाँ दिल्ली: चीफ जस्टिस एनवी रमनाले आफ्नो उत्तराधिकारीको रूपमा जस्टिस यूयू ललितको नामको सिफारिश केन्द्र सरकारलाई पठाएका छन्। जस्टिस रमना २६ अगस्तमा रिटायर भइरहेका छन्। २७ अगस्तमा शपथ लिने जस्टिस ललितको चीफ जस्टिसको रूपमा कार्यकाल ८ नोभेम्बरसम्म रहनेछ। जस्टिस ललित यस समय सर्वोच्च अदालतको दोस्रो वरिष्ठतम न्यायाधीश हुन्। विधि मन्त्रालयले मुख्य न्यायाधीशलाई पत्र लेखेर आफ्नो उत्तराधिकारीको नामको सिफारिश गर्ने आग्रह गरेका थिए। जस्टिस ललितको जन्म ९ नोभेम्बर १९५७ मा भएको थियो। जून १९८३ देखि उनले वकालत शुरू गरेका थिए। उनी १९८५ सम्म बम्बे उच्च अदालतमा प्रेक्टिस गरेपछि जनवरी १९८६ मा दिल्ली सरुवा भए। अप्रेल २००४ मा उनलाई सर्वोच्च अदालतमा सीनियर एकवोकेटको दर्जा दिइयो। २जी मामिलामा उनी सीबीआईको स्पेशल पब्लिक प्रोसिक्युटर नियुक्त गरिएका थिए। उनलाई १३ अगस्त २०१४ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरिएको थियो।