व्यय पर्यवेक्षकहरूले गरे विभिन्न नाकाको निरीक्षण

IMG-20240409-WA0238.jpg

नाम्ची: सिक्किम राज्यमा आगामी १९ अप्रेलको दिन सम्पन्न हुन लागेको सिक्किम विधानसभा र लोकसभा चुनाउमा उम्मेदवारहरूद्वारा गरिने खर्चको निरीक्षण गर्न आएको व्यय पर्यवेक्षक एस सुन्दरसेन, पर्यवेक्षक जे प्रेमानन्द प्रसुन काब्राले नाम्ची जिल्ला अन्तर्गत पर्ने विभिन्न नाकाको निरीक्षण गरे। निरीक्षणको क्रममा पर्यवेक्षकहरूले एसएसटी र एफएसटीहरूसँग नाकाबारेमा अन्तक्रिया गर्दै नाकाबाट आवात जावत गर्नेहरूको पञ्जीकरणबारे पनि जानकारी लिए। यसरी नै ड्युटीमा तैनाथ अधिकारीहरूको वाहन पञ्जीकरण गरिनेबारे पनि अवगत गराए। यसै क्रममा हिजो गेजिङ जिल्लाको विभिन्न नाकाको व्यय पर्यवेक्षकहरूले निरीक्षण गरे। निरीक्षणको समयमा पर्यवेक्षकहरूले गेजिङ जिल्लाका जिल्लापाल एम भरानी कुमारसँग जिल्ला पञ्चायत कार्यालयमा भेट गर्दै वर्तमान अवस्थाबारे जानकारी लिए। त्यसपछि पर्यवेक्षकहरूले सिक्किमको पहिलो राजधानी योक्समको भ्रमण गर्दै त्यहाँ नाकामा तैनाथ अधिकारी साथै सेक्टर मेजिस्ट्रेटहरूसँग अन्तक्रिया पनि गरे।

पर्यवेक्षकहरूले निरीक्षण गरेका सबै नाकाहरूमा तैनाथ अधिकारी साथै प्रवन्धनबारे सन्तुष्ट प्रकट गरेका छन्। यसरी गान्तोक फर्किने क्रममा पर्यवेक्षकहरूले योक्सम टाशीडिङ निर्वाचन क्षेत्रमा प्रचार प्रसार गरिरहेका एक उम्मेदावारसँग पनि अन्तक्रिया गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement