चुनावी जनसभाको एकदिन अघि कालेबुङका भाजपा नेताहरु भागोप्रमोमा सामेल

IMG-20240409-WA0185.jpg

कालेबुङ: चुनावी जनसभाको एक दिन अघि कालेबुङका भाजपा नेताहरु भागोप्रमोमा सामेल भएको जानकारी प्राप्त भएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाको उपस्थितिमा आज भाजपाका चार नेताहरु भागोप्रमोमा सामेल भएका छन्। उनीहरूले कालेबुङका विधायक रुदेन सादाको बाहुलीबाट पार्टीको झण्डा थापी पार्टीमा सामेल भएका छन्। सामेल हुनेहरुमा कमल कटुवाल जिल्ला उपाध्यक्ष्य, दार्जीलिङ, कालेबुङ टाउन कमिटीका अध्यक्ष मोहन कुमार रिजाल, निम्बोङका मण्डल अनि शक्ति केन्द्र २२ नम्बर वार्डको सदस्य रहेका छ्न्। भागोप्रमोमा सामेल भएपछि भाजपाका पूर्व जिल्ला उपाध्यक्ष कमल कटुवालले पहाडमा भाजपा पार्टी भनेको सिर्फ राजु विष्टको पार्टी भएको छ। जिल्ला समितिका पदाधिकारीहरु राजु विष्टको मुनिम जस्ता भएर काम गर्नुपर्छ भनी आरोप लगाएका छन्।

About Author

Advertisement