गेजिङ: गेजिङ जिल्ला अन्तर्गत मतदान कर्मीहरूलाई इलेक्ट्रोनिक भोटिङ मेसिन सम्बन्धी पहिलो ब्याचको अन्तिम ब्रिफिङ सत्र आज सभा क्योङसाको सरकारी कन्या वरिष्ठ माध्यमिक विद्यालयको प्रेक्षागृहमा सम्पन्न भयो।
यस कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश्य मतदान कर्मीहरूलाई ईभीएम र चुनाउको समयमा दस्तावेजहरूको रखरखाउ प्रक्रियाबारे राम्ररी परिचित गराउनु रहेकरे थियो।
कार्यक्रममा अतिरिक्त जिल्लापाल परी बिश्नोईले पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा चुनाउ प्रक्रिया सम्वन्धि जानकारी गराउँदै चुनाउ सम्बन्धित कार्यहरूमा संलग्न सबै पदाधिकारीहरूको दक्षताको महत्वबारे पनि अवगत गराइन्।
कार्यक्रममा जिल्लास्तरीय मास्टर ट्रेनरले प्रशिणार्थीहरूलाई ईभीएम सञ्चालन साथै यसको व्यवस्थापनबारे विस्तृतरूपमा जानकारी गराए। उनले चुनाउको समयमा चुनाउ अधिकारीहरूको जिम्मेवारी साथै भूमिकाबारे पनि अवगत गराए।










