चुङथुङ मेरीबोङ तामसाङ समष्टिमा हाम्रो पार्टीका उप सभापति विनोद राई लगायत १८ परिवारहरू भागोप्रमोमा सामेल

IMG-20240409-WA0228.jpg

दार्जिलिङ: आज चुङथुङ मेरीबोङ तामसाङ समष्टिको लिजाहिल वार्ड नम्बर आठमा समावेश कार्यक्रम सम्पन्न भयो। शाखा सभापति ग्रेस राईको सभापतित्वमा भएको कार्यक्रममा अजय हाम्रो पार्टीका समष्टि उप सभापति विनोद राई लगायत १८ परिवारहरू भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। क्षेत्रीय सभासद सन्दीप क्षेत्रीले दलीय झण्डा एवम् खदा लगाएर भागोप्रमोमा पार्टीमा स्वागत जनाएका छन्।
वार्ड सदस्य सचिन राईद्वारा सञ्चालित सभामा वार्डमा पार्टी कार्यकर्ताहरूले उपस्थिति दिएका थिए। वार्डको पक्षबाट रुपेन राई, सेलविस्टर राई आदिले सभालाई सम्बोधन गरेका थिए भनी सभासद सन्दीप छेत्रीले जानकारी गराएका छन्।

About Author

Advertisement