राजगञ्ज भाजपाको ऱ्याली

IMG_20220804_212205.jpg

राजगञ्ज: आज साँझ राजगञ्ज भाजपाको दक्षिण मण्डलको तर्फबाट ‘चोर धरो जेल भरो’ नाराको साथमा राजगञ्जमा एउटा ऱ्याली निकालिइयो। उक्त ऱ्याली राजगञ्ज पोस्ट अफिस मोड़देखि राजगञ्ज बजारसम्म निकालेको थियो। ऱ्याली पश्चात विरोध प्रदर्शन गर्दै एउटा पथ सभामा परिणत भयो। भाजपाको दक्षिण मण्डल अध्यक्ष सुशान्त रायले भने, आज भाजपाको तर्फबाट राजगञ्जमा न्याली तथा पथ सभाको आयोजना गरियो। पश्चिम बंगालमा शिक्षक नियुक्तिमा भ्रष्टाचार गरेको विरोधमा आज उक्त न्याली तथा पथसभा गरिएको हो। यस अवसरमा भाजपा दक्षिण मण्डलका अध्यक्ष सुशान्त राय, बिधान झा, सनातन भौमिक, तपन राय लगायत अन्य उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement