श्रीलंकाई स्पिनर विजयकान्त सनराइजर्समा

IMG-20240409-WA0232.jpg

नयाँ दिल्ली: आईपीएल २०२४-को जारी सीजनको निम्ति सनराइजर्स हैदराबादले मंगलवार चोटग्रस्त वानिन्दु हसरंगाको स्थानमा श्रीलंकाकै युवा लेग स्पिनर विजयकान्त व्यासकान्तलाई टीममा सामेल गऱ्यो। श्रीलंकाको तर्फबाट एउटा टी२० म्याच खेल्ने २२ वर्षीय विजयकान्तले सनराइजर्सको टीममा लेग स्पिनर हसरंगाको स्थान लिनेछन्। विजयकान्त ५० लाख रुपियाँको आधार मूल्यमा सनराइजर्समा आएका छन्। आईपीएलद्वारा जारी बयानमा भनिएको छ, सनराइजर्स हैदराबादले आईपीएल २०२४-को रहल म्याचहरूका निम्ति चोटग्रस्त वानिन्दु हसरंगाको विकल्पको रूपमा विजयकान्त व्यासकान्तलाई अनुबन्धित गरेको छ। साल २०१६-को च्याम्पियन सनराइजर्सले गत वर्ष भएको लिलामीमा हसरंगालाई १.५ करोड़ रुपियाँमा खरीद गरेको थियो तर देब्रे खुट्टाको एड़ीमा चोटले गर्दा उनी यस साल आईपीएलबाट बाहिर भएका छन्। हसरंगाले यसअघि आईपीएलमा रोयल च्यालेञ्जर्स बेंगलोर (आरसीबी)-को प्रतिनिधित्व गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement