सांसद तथा उम्मेदवारद्वारा निर्वाचन आयोगलाई आग्रह

ECI-1

दार्जीलिङ: लोकसभा क्षेत्रका सामान्य पर्यवेक्षकले सोमबार जिल्ला चुनाव अधिकारीसित कालेबुङ, खरसाङ  र मिरिक नगरपालिकाहरूमा प्रशासकको रूपमा राजनीतिक नियुक्तिहरूलाई हटाउनका लागि भाजपाका सांसद तथा उम्मेदवार राजु बिष्टको याचिकामा आवश्यक कारबाही गर्न अनुरोध गरे। विष्टले सोमबार प्रमुख निर्वाचन आयुक्त राजीव कुमारलाई पत्र लेख्दै कालेबुङ, खरसाङ र मिरिक नगरपालिकाको कार्यकाल २०२२ मा सकिएको जानकारी दिएका छन्। राजु बिष्टले लेखेका छन् कि तीन नगरपालिकाहरू प्रशासकहरूद्वारा सञ्चालित थिए जो राज्य सरकारले नियुक्त गरेका थिएl ‘यी राजनीतिक नियुक्तिहरूले मतदातालाई प्रभाव पार्ने र उनीहरूलाई नियुक्त गर्ने राजनीतिक दललाई समर्थन गर्न दबाब दिने स्थितिमा छन्, यो लोकतन्त्र र निर्वाचन आयोगले तोकेको नियम विपरीत पनि हो’, विष्टले भने। दार्जीलिङ लोकसभा निर्वाचन क्षेत्रका सामान्य पर्यवेक्षक विक्रम सिंह मलिकले तुरुन्तै जिल्ला निर्वाचन अधिकारीलाई पत्र लेखेर आवश्यक कारबाही गर्न अनुरोध गरेका छन्।

About Author

Advertisement