त्रिपुरामा ५.७६ करोडको गांजा बरामद

3657188-46.jpg

अगरतला(त्रिपुरा): त्रिपुराको धलाई जिल्लाको अम्बासामा गुवाहाटी जाने ट्रकबाट ५.७६ करोड रुपियाँ मूल्यको १२८० किलोग्राम गांजा बरामद भएको जानकारी पुलिस सुत्रले दिएको छ। असम राइफल्सका प्रवक्ताले सूचनाको आधारमा कार्य गर्दै अर्धसैनिक बलले गुवाहाटी जाने ट्रक रोकेर तलासी लिदाँ १,२८० किलो गांजा बरामद गरे। ट्रक चालकलाई पक्राउ गरी थप अनुसन्धान र कानुनी कारबाहीका लागि त्रिपुरा पुलिसमा बुझाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement