धेरै मात्रामा नक्कली सुर्ती बरामद

nakli-tambaku.jpg

नोएडा(उत्तर प्रदेश): नोएडा पुलिस र सेक्टर-१२६ पुलिस स्टेशनको सीआरटी (क्राइम रिस्पोन्स टीम) ले संयुक्त अभियानमा २ करोड रुपैयाँको १०० टन नक्कली सुर्ती बरामद गरेको छ। यससँगै ६ जना व्यक्तिलाई पक्राउ गरेका छन्। सो गिरोहले आलु सप्लाईको नाममा दिल्लीदेखि कर्नाटकमा तीन गुणा बढी मूल्यमा नक्कली सुर्ती बिक्री गर्ने गरेको थियो। पुलिसले सप्लाई गर्ने ट्रक र एउटा कारसहित १३८ बोरा सुर्ति बरामद गरेको छ। यसको कारखाना दिल्लीको वजिराबादमा रहेकाे बाताएकाे छ, जसलाई सिल गरिएको छ।                                                           

पक्राउ पर्नेमा मनोज सरोज, रमेश भट्टी (ट्रक चालक), सैयद जबी उल्लाह,परम, शिवम जैसवाल र जाकिर हुसेन रहेकाे छ। पुलिसअनुसार, गिरोहले विकास उर्फ चाचाबाट नक्कली सुर्ती किनेर,सुर्तीको बिक्री प्रतिबन्धित राज्यहरूमा तीन गुणा दाममा बेचने गरथिए।

About Author

Advertisement