गान्तोक: राजधानीको टिबेट रोडस्थित स्थानीय एक व्यक्तिको घरमा चोरी भएको छ। अज्ञात आरोपी (हरू) ले घरबाट लाखौं रूपियॉंको सूनको गर-गहना चोरी गरेको छ। पुलिस रिपोर्ट अनुसार, अज्ञात आरोपी (हरू) टिबेट रोडस्थित पीड़ित व्यक्तिको किरायको घरभित्र पसेर लाखौं रूपियॉंको सूनका गर-गहनाहरू चोरी गरे। घटना आइतवार दिउॅंसो घटेको हो। पुलिसले अज्ञात आरोपी विरूद्ध मामिला दर्ता गरेर जॉंच शुरू गरेको छ।