गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग आज शुलभ इन्टरनेशनल अन्तर्गत शुलभ स्वच्छता क्लबका राष्ट्रिय संयोजक रूपक राय चौधरी र टोलीले शिष्टाचार भेट गरे।
यस भेट अवधि राज्यपालले शुलभ अन्तरराष्ट्रियका संस्थाप स्व. बिन्देश्वर पाठकको महान कार्यहरूको प्रशंसा गर्दै भने, जसले समाजको उत्थानको निम्ति काम गर्छ, उनी सदाको निम्ति अमर बन्छन्। उनले मनुष्यको जीवन पाएर मानव र मानवताको निम्ति कार्य गर्नु नै जीवनको सबैभन्दा ठूलो उपलब्धी हो भने।
राज्यपालले पहिले शौचालय नहुॅंदा धेरै छात्राहरूले झेल्नु परेका समस्याहरूको बारेमा चर्चा गर्दै भने, छोरीहरू स्वच्छ र सुरक्षित वातावरणमा मजबुतीका साथ अगाडि बढुन् भनेर गत केही वर्षहरूमा विशेष ध्यान दिइएको छ। राज्यपालले राजभवनद्वारा सहयोग एवं समर्थनको निम्ति आश्वासन दिए।











