गम्भीरले धोनीलाई भारतका सर्वश्रेष्ठ कप्तान बताए

IMG-20240408-WA0202.jpg

चेन्नई(तमिल नाडु): आईपीएल २०२४-मा चेन्नई सुपर किंग्स विरुद्ध म्याच अघि गौतम गम्भीरले एमएस धोनीको सराहना गर्दै उनलाई भारतको सर्वश्रेष्ठ कप्तान बताए। गम्भीरले धोनीको योजनाहरू र स्पिनरहरूमाथि नियन्त्रण कौशलको सराहना गर्दै उनलाई खेलको फिनिशर पनि बताए। गम्भीरले भने, म हरेक म्याच जित्न चाहन्थे। म आफ्नो मनबाट एकदमै स्पष्ट छु। म्याचको अवधि उनको निम्ति सम्मान रहन्छ। एमएस धोनी भारतका सबैभन्दा सफल कप्तान हुन्। मेरो विचारमा अन्य कुनै पनि कप्तान उनी जति सफल छैनन्। उनले तीनवटा आईसीसी खिताब जितेका छन्। यसबाहेक आईपीएलमा धोनी विरुद्ध मेरो लड़ाइँको कुरा आउँदा धोनी आफ्नो लड़ाकू मानसिकले गर्दा यसको आनन्द लिन्छन्। आईपीएलमा मैले पनि यसको मजा लिएँ कारण मलाई धोनीको लड़ाकू मानसिकताबारे थाहा छ। उनी रणनीतिको मामिलामा दक्ष छन्। यसैकारण उनी भारतका सर्वश्रेष्ठ कप्तान हुन्। गम्भीरले भने, खेलमा स्पिनरहरूलाई कसरी नियन्त्रित गर्नु पर्छ भन्ने धोनीलाई थाहा छ। उनी कुनै पनि ब्याटर विरुद्ध फील्डिंग सेट गर्नमा दिग्गज छन्। उनी कहिले हार मान्दैनन्। आफ्नो टीमबाट अधिकांश समय नै उनी ६ या ७ नम्बरमा ब्याटिंग गर्छन् । क्रीजमा उनी रहुञ्जेलसम्म विपक्षी टीमले म्याच जित्ने सोच्न सक्दैन। उनी अहिले पनि फिट छन्। उनलाई हेरेर धेरै कुराहरू सिक्न सकिन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement