चुनाउमाथि सचेतना गराउन मंगनमा वाकाथन आयोजित

IMG-20240408-WA0214.jpg

मंगन: आगामी १९ अप्रेलमा सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउप्रति मानिसहरूलाई जागरूक गराउन एसभीइइपीको व्यानरमा वाकाथन ऱ्याली आयोजना गरियो। यस अवसरमा मंगन जिल्लाका अतिरिक्त जिल्लापाल केआर लिम्बू रहेका थिए, जसले झण्डा हल्लाएर वाकाथन ऱ्यालीलाई प्रस्थान गराए। उक्त ऱ्याली मांगसिलाको आर्ट डिग्री कलेजबाट शुरू भएर सोही स्थानमा पुगेर समापन भएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै अतिरिक्त जिल्लापाल लिम्बूले यस कार्यक्रम आयोजना गरिनुको मुख्य लक्ष्य र उद्देश्यबारे विस्तृतरूपमा जानकारी गराए। विशेष गरेर आगामी दिनमा सम्पन्न हुने चुनाउमा मतदाताहरूले अधिक संख्यामा सहभागिता जनाउन सकोस भन्ने उद्देश्यले वाकाथन ऱ्याली आयोजना गरिएको हो।

About Author

Advertisement